INSEC Online

📅 २०८३ जेष्ठ २२

अविरल वर्षाका कारण धान खेती नष्ट, खाद्य सङ्कट आउने पूर्वानुमान

लुम्बिनी प्रदेशका जिल्लाहरूमा असोज ३१ गतेदेखि परेको अविरल वर्षातका कारण कृषकहरूको काट्न तयार भएको धान खेती नष्ट भएको छ । बाली काटेर खेतमा राखेको र काट्न बाँकी रहेको बाली नष्ट हुँदा कृषकहरू मर्कामा परेका छन् भने खाद्य सङ्कट आउने पूर्वानुमान गरिएको छ । तराईका बाँके, बर्दिया, कपिलवस्तु र रुपन्देहीमा धान खेतीमा क्षति पुगेको छ भने पहाडी जिल्लामा यसको असर परेको छैन ।

दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार  लगातारको वर्षाले काटेर खेतमै सुकाएको धान पानीले भिजाएर नष्ट गर्नुको साथै ३० प्रतिशत धान बाली पूर्ण रुपमा क्षति भएको छ । कृषि ज्ञान केन्द्र दाङले जिल्लाका दश स्थानीय तहबाट सङ्कलन गरेको तथ्यांकको आधारमा असोज ३१ गतेबाट परेको पानीले जिल्लाको ३ हजार ४ सय हेक्टर जग्गामा खेती गरिएको धान डुबाएको जानकारी दिएको छ । प्रारम्भिक विवरण अनुसार करिब ३० प्रतिशत धान पूर्ण रुपमा क्षति भएको छ । बाँकी विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । दाङ३९ हजार हेक्टरमा धान खेती गरिएको थियो ।

photo2021102001dan

photo2021102002dang

कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार असोज ३१ गतेदेखि लगातार परेको वर्षाका कारण कपिलवस्तु जिल्लामा पाक्नै लागेको र केही काटेको धानबालीमा ठूलो क्षति पुगेको छ । कृषि ज्ञान केन्द्रका अनुसार कृषि योग्य जमिन ८३ हजार हेक्टर क्षेत्रफल भए पनि जिल्लामा ७१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।  जिल्ला भरिमा ८ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ । काटेको धान पानीमा डुबेको छ , नकाटेको धान पनि धेरै जसो ढलेर डुबानमा छ । अहिले सम्म ८ हजार हेक्टर क्षेत्रफलको धान पानीमा डुबेर क्षती भएको तथ्याङ्क सङ्कलन गरि कृषि बिकास निर्देशनालय बुटवल पठाइएको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डाक्टर रबिन्द्रनाथ चौबेले जानकारी दिनु भयो ।  अझै पनि वर्षा नरोकिएको हुँदा किसानहरूको उत्पादनमा नोक्सान हुने देखिएको छ । धान कुहिने, चामल काटिने सम्भावना र गुणस्तरीय बिँउसमेत नपाउने अवस्था आउन सक्ने डा. चौबेले बताउनु भयो ।  चौबेले बताउनु भयो । डा. चौबेका अनुसार केही मात्रामा खाद्यमा सङ्कट हुने अनुमान गरिएको छ । खेती डुवान भएका पीडीत किसानहरूको विबरण सङकलनका लागि सम्बन्ति निकायसँग छलफल भइरहेको छ । बाणगंगा नगरपालिका कृषि शाखा प्रमुख लेषबहादुर केसीले वर्षातले खेती भित्र हाल्ने बेलामा  ठुलो नोक्सानी गरेको बताउनु भयो ।

अर्घाखाँची जिल्ला प्रतिनिधि कूलबहादुर नेपालीका अनुसार असोज ३१ गतेदेखि लगातार ४ दिनसम्म परेको वर्षाका कारण आएको बाढीले चुत्राबेंसी बजार हुदै बग्ने बाँगीखोला आसपासका खेतमा भएको धान बाली र तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएको  छ । सन्धिखर्क नपा– १ कुडुलेका युवा कृषक सुर्य पन्थीका अनुसार मानवीय अतिक्रमणका कारण किसानहरूले यो क्षति व्यहोर्नु परेको छ ।  जिल्लाका ६ वटै स्थानीय तहमा  १ सय ५० डेड रोपनी भन्दा बढी खेतको हजार मुरी भन्दा बढी धान बालीको क्षति भएको छ । वर्षा र बाढीको ठूलो असरले खाद्यान्नमा सङ्कट पर्न आउने कुरा कृषि विज्ञ मिलन नेपाली जोसेफले बताउनु भयो । सन्धिखर्क नगरपालिकाका उप मेयर ठाकुर बिकका अनुसार बेमौसमी जलवायु परिबर्तन र खोला किनार जग्गा अतिक्रमणका कारण बाढीले क्षति गरेको छ  ।

photo2021102001kapilvastu

photo2021102002kapilvastu

photo2021102003kapilvastu

अन्य

भिडियो