INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा रेडियो कैलाशको कार्यालयमा तोडफोड

सिमकोट गाउँपालिका–६ मा रहेको रेडियो कैलाश एफएममा असोज २६ गते राती अज्ञात पक्षद्वारा तोडफोड गरिएको छ ।

कोही नभएको मौका छोपेर अज्ञात पक्षले रेडियोका सामग्रीसहित भौतिक संरचना तोडफोड गरेको रेडियो कैलाश एफएमका प्रवन्धक राजन रावतले बताउनुभयो ।

प्रवन्धक रावतका अनुसार कार्यालयको ढोका, झ्याल र माइक तोडफोड गरिएको छ भने एउटा हार्डडिक्स, ३ हजार रूपियाँ, तीन ओटा पेनड्राइभ्, एउटा झोला, एउटा फल्यास लाइड चोरी भएको छ ।

सोही समयमा रेडियोको कार्यालय रहेकै घरमा रहेको स्नोल्याण्ड एकिकृत विकास केन्द्रको ढोकासमेत फोडेको प्रवन्धक रावतको भनाइ छ ।

तोडफोडका सम्बन्धमा असोज २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको रेडियोका निर्देशक जनकबहादुर शाहीले बताउनुभयो ।

तोडफोडबाट २ लाख ७२ हजार रूपियाँको क्षति भएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले जानकारी दिनुभयो ।

अन्य

भिडियो