INSEC Online

📅 २०८३ जेष्ठ २२

मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम र सिवीन नेपालगञ्जले संयुक्तरुपमा असोज २० गते  जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, कोहलपुरको हिरासत कक्षको अनुगमन गरेका छन् ।

अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्थाका बारेमा  जानकारी लिनुका साथै  जिल्ला प्रहरी कार्यालयका सई पुर्ण वली र इलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनाललाई भेटेर  थुनुवा कक्षमा देखिएका समस्याहरूको बारेमा छलफल र सुधारका लागि सुझाव समेत दिएका थिए ।

अनुगमन टोलीले खानाको गुणस्तर सुधार गर्नुपर्ने, आफन्तहरूलाई भेट गर्ने बतावरणलाई सहज बनाउनु पर्ने, बयानका क्रममा आफू विरूद्ध लगाइएको मुद्दाका सन्दर्भमा बयान लिदा र लिइसके पछि पुनः बयानमा लेखिएका कुराहरू एकपटक सुनाएर मात्र हस्ताक्षर गराउने लगायतको सुझाव दिइएको एडभोकेसी फोरमका संयोजक बसन्त गौतमले  बताउनु भयो  ।

photo2021101101banke

अनुगमनका क्रममा थुनुवाहरुलाई समयमा म्याद थप नगरी हिरासतमै राखेको, खानाको उचित व्यवस्थापन नभएको, थुनुवा कक्षमा पङ्खाको व्यवस्थापन नभएको लगायतका कमजोरीहरू रहेको पाइयो ।

जिल्ला प्रहरी कार्यालयमा ३० जना थुनुवाहरू रहेको बताउँदै खानाको गुणस्तरको सुधार गर्ने जिल्ला प्रहरी कार्यालयका सई पुर्ण वलीले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि रविन्द्र खनालले इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत कक्षमा ११ जना थुनुवाहरु रहेको बताउँदै थुनुवाहरुको समयमानै म्याद थप गर्नको लागी अदालतमा पुर्‍याउने , खानाको गुणस्तर बढाउने र थुनुवाहरूको व्यवस्थापन गर्नको लागि थुनुवा कक्षको  निमार्ण गर्न लागेको बताउनु भयो ।

अनुगमन टोलीमा  एडभोकेसी फोरमका संयोजक अधिवक्ता वसन्त गौतम र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जका प्रलेख अधिकृत विनोद पाण्डे, बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटा र सिविन नेपालकी आशा श्रेष्ठ रहनु भएको थियो ।

अन्य

भिडियो