INSEC Online

📅 २०८३ असार १७

राष्ट्रिय परीक्षा बोर्डबाट प्राप्त गर्ने ट्रान्सकिप्ट नपाउँदा विद्यार्थीहरू मर्कामा

कोहलपुर नगरपालिका–२ बर्दहवास्थित श्री लक्ष्मी माध्यमिक विद्यालया कक्षा १२  विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डबाट प्राप्त गर्ने ट्रान्सकिप्ट नपाउँदा विद्यार्थीहरू मर्कामा परेका छन् । विद्यालयले नपढाउने विषय पनि पढाइएपछि राष्ट्रिय परीक्षा बोर्डबाट ट्रान्सक्रिप्ट प्राप्त गर्न नसकेका हुन् ।

विद्यालयले कक्षा ११ र १२ मा अनिवार्य अङ्ग्रेजी विषय अध्ययन गराएका कारण ट्रान्सक्रिप्ट पाउन नसकेको अभिभावक कोहलपुर नपा– २ बस्ने डम्मर डाँगीले बताउनु भयो ।

photo2021101102banke

विद्यालयमा कृषि विज्ञान तर्फको पढाई सुरू भएपछि कक्षा ११ मा अंग्रेजी र कक्षा १२ मा नेपाली अनिवार्य पढाउनुपर्ने ठाउँमा दुवै कक्षामा अनिवार्य अंग्रेजी पढाएको कारण विद्यार्थीहरुले  ट्रान्सक्रिप्ट पाउन नसकेको बताउँदै डम्मर डाँगीले विद्यालयले विद्यार्थीहरू माथि ठुलो लापरबाही गरेको बताउनु भयो ।

लक्ष्मी माविका प्रधानाध्यापक धर्मराज रेग्मीले विद्यालयमा दुई जना विद्यार्थीको  ट्रान्सक्रिप्ट आएको ३५ जना विद्यार्थीको ट्रान्सकिप्ट नआएको बताउनु भयो ।  विद्याथीहरू दोस्रो पटक मौका परीक्षा दिनु बाहेको अन्य विकल्प नभएको बताउनु भयो ।

उहाँले कृषि विज्ञान तर्फको पहिलो वर्ष भएकोले विषयवस्तुको बारेमा आफूहरू अन्यौलमा परेकोले गल्ती भएको बताउनु भयो ।

राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय कोहलपुरका प्रमुख भगवान पौडेलले विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै मौका परीक्षामा समावेश गराउनका लागि पहल गरेको बताउँनु भयो ।

अन्य

भिडियो