INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्वको क्रममा बेपत्ता पारिएका घटनाका उजुरीको अवधि पुस मसान्तसम्म थप

सशस्त्र द्वन्द्वको क्रममा व्यक्ति बेपत्ता पारिएका घटनाबारे बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आगामी पुस मसान्तसम्म अवधि थप गरेको जनाएको छ ।

‘यस आयोगबाट यसअघि पटक पटक प्रकाशित सूचनामा उल्लेख भएको समयावधिभित्र उजूरी दिन छुट भएका व्यक्तिहरुले व्यक्ति बेपत्ता भएको भन्ने आधार प्रमाणसहित मिति २०७८ साल पौष समान्तसम्म आयोगको कार्यालय, पुल्चोक ललितपुरमा दर्ता सनाखत हुने गरी उजुरी दिन सकिने व्यहोरा अनुरोध छ ।’-आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

विद्युतीय माध्यमबाट समेत उजुरी दिन सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ । आयोगले [email protected] मा उजुरी दिन वा पैसा नलाग्ने फोन नं.१६६००१२२१११ मा फोन गरी थप जानकारी लिन सकिने आयोगले जनाएको छ ।

तत्कालीन नेकपा माओवादी र नेपाल सरकारबिच २०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि २०७१ सालमा आयोग गठन गरिएको थियो ।

शान्ति सम्झौताको ५.२.३. मा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिहरूको तथा युद्धको समयमा मारिएकाहरूको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचनाहरू सार्वजनिक गरी परिवारजनलाई समेत जानकारी उपलब्ध गराउन मञ्जुर गर्दछन् भनी उल्लेख गरिएको छ ।

आयोग बन्न नै शान्ति सम्झौताको आठ वर्ष कुर्नु पर्‍यो भने आयोग अहिले पनि उजुरी आह्वान गरिरहेको छ ।

उजुरी फारामका लागि यहाँ क्लिक गर्नु होला

अन्य

भिडियो