INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कारको प्रयास  गरेको आरोपमा पीडितपक्षले ६० वर्षीय नातेदार विरूद्ध असोज ४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले  असोज २ गते बलात्कारको प्रयास गरेको  भन्दै उजुरी आएको इलाका प्रहरी कार्यालय, कोहलपुरका असई शेरबहादुर बारघरेले बताउनु भयो । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको असई बारघरेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ४ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको पीडितले बताउनु भयो ।

अन्य

भिडियो