हरीहरपुर गाविस-३ स्थित सुर्य इङ्गलिश बोर्डिङ् स्कूलमा अज्ञात समूहले फागुन २१ गते राति आगजनी गरेको छ ।
आगजनीले विद्यालयको फुसको घर भएको ब्लक पूर्ण रूपले क्षतिग्रस्त भएको विद्यालय प्रशासनले जनाएको छ ।
स्थानीय गाउँलेहरूले आगोलाई नियन्त्रणमा लिएकोले अन्य ब्लकमा आगो सर्न नपाएको विद्यालयका संस्थापक देवनारायण चौधरीले जानकारी दिए । चौधरी नेकपा (एमाले) सप्तरीका पूर्व सचिव हुन् ।