INSEC Online

📅 २०८३ जेष्ठ २१

जनस्वास्थ्य कार्यालयमा मानव अधिकारकर्मीलाई प्रवेशमा रोक

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई फागुन १८ गते कार्यालय प्रवेशमा रोक लगाएको छ ।

हुम्लाका सरकारी अधिकारीहरूसँग छलफल गर्दै मानव अधिकारमैत्री काम गर्न अनुरोध गर्ने क्रममा जिल्ला जन स्वास्थ्य कार्यलय हुम्लाको फार्मेसीमा पुगेको टोलीलाई निरीक्षण गर्नबाट रोक लगाएको हो ।

सो कार्यालयका कर्मचारीले हामीसँग केको मतलव ? जो सुकै आए पनि हामी ताला खोल्दैनौँ भनेर निरीक्षण गर्नबाट रोक लगाएको आयोगका कर्मचारी रमेश रावतले बताए ।

रावतका अनुसार फार्मेसी प्रमुख गगन शाही जिल्ला बाहिर रहेको भएपछि कार्यलय सहयोगी कृष्णबहादुर रोकायाले ‘मानव अधिकारकर्मी आउँदा बित्तिकैमा फार्मेसी कोठा खोल्नै पर्ने बाध्यता छैन ‘ भनेका थिए ।

त्यस पश्चायत इन्सेक जिल्ला प्रतिनिधि सम्मिलित अधिकारकर्मीको टोलीले जिल्ला प्रशासन कार्यलयमा पुगी प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेलाई जानकारी गराएको थियो ।

प्रजिअ घिमिरेले चासो लिएपछि जनस्वास्थ्य कार्यालयले माफी माग्दै कर्मचारीलाई सचेत गराउने जनाएको छ ।

अन्य

भिडियो