INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारकर्मीको टोलीद्वारा मानव अधिकारमैत्री काम गर्न सरकारी कार्यालयलाई अनुरोध

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका सम्बन्धमा मानव अधिकारकर्मीको टोलीले हुम्लाका सरकारी अधिकारीहरूसँग छलफल गर्दै मानव अधिकारमैत्री काम गर्न अनुरोध गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता भएका उजुरीका सम्बन्धमा आयोगको उप क्षेत्रीय कार्यलय जुम्ला र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले छलफल गरेको हो ।

आयोग र इन्सेकको टोली जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यलय, जिल्ला कारागार, शान्ति समितिको कार्यलय, जिल्ला स्वास्थ्य कार्यलय, महिला तथा बालबालिका कार्यलय, जिल्ला खाद्य संस्थानलगायतका निकायको अनुगमन गरी उक्त कार्यलयबाट प्रवाह हुने सेवा, सेवाग्राहीका समस्या, जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा जानकारी लिएको छ ।

सो क्रममा सरकारी निकायका प्रमुख, नागरिक समाजका प्रतिनिधीहरूसँग मानव अधिकार अवस्थाका सम्बन्धमासमेत जानकारी लिएको छ । सरकारी अधिकारीहरूलाई मानव अधिकारमैत्री वातावरण बनाउन तथा छिटो छरितो र सबैको पहुँच पुग्ने गरी सेवा प्रवाह गर्न आयोग टोली प्रमुख रमेश रावतले अनुरोधसमेत गरेका छन् ।

अन्य

भिडियो