१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुद्धभूमि नगरपालिका–३ दुबियाका ६५ वर्षीय चन्द्रमणी पाण्डेलाई भदौ १ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन ३२ गते थान सामुदायिक बनमा बाख्रा चराउन गएको समयमा बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, गोरूसिङ्गेमा उजुरी दिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ३२ गते कपिलवस्तु अस्पतालमा गरिएको छ ।