INSEC Online

📅 २०८३ जेष्ठ २१

अस्पतालबाट पाउनुपर्ने सेवा नपाउँदा बिरामीलाई सास्ती

जिल्ला अस्पताल रूकुममा आउने बिरामीले अस्पतालबाट पाउनु पर्ने सेवा नपाउँदा सेवाग्राही बिरामीले सास्ती भोग्नु परेको गुनासो गरेका छन् ।

टिकट काट्न, स्वास्थ्य परीक्षण गर्न, बिल काट्न, ल्याव परीक्षण लगाएतका कामको लागि फरक फरक ठाउँमा जानुपर्दा समस्या भएको तुलसा गिरीले दुःखेसो पोख्नुभयो ।

‘स्वास्थ्य परीक्षणको लागि टिकट लिन जिल्ला अस्पताल सल्ले जानुपर्छ भने परीक्षणका लागि बजारमा रहेको राप्ती समाज अस्पतालमा आउनुपर्छ’ गर्भवती गिता खड्काले इन्सेक प्रतिनिधिसँग भन्नुभयो ‘कोभिड रिपोर्ट बिना डाक्टरले नहेरेपछी फेरी कोभिड जाँच गर्न जिल्ला अस्पताल जाँदा आउँदा धेरै नै समस्या भइरहेको छ ।’

उहाँका अनुसार जिल्ला अस्पताल र राप्ती अस्पतालको दुरी करिब दुई किलोमिटर छ । आवत जावतमा समस्या हुने भएपछि  बिरामीले सवै सेवा एकै ठाउँबाट पाउनुुपर्ने कुरामा जोड दिएका छन् ।

कोभिड -१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला अस्पताल सल्ले रूकुम पश्चिमले राप्ती समाज अस्पताललाई भाडामा लिएर सेवा दिने गरेको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक बिष्णु बुढाथोकीले बताउनुभयो ।

जिल्ला अस्पताललाई कोभिड आइसोलेशन गराएर सेवा दिदै आएको र राप्ती समाज अस्पताललाई भाडामा लिएर अन्य बिरामीलाई सेवा दिँदै आएको उहाँको भनाइ छ ।

भाडाको अस्पतालमा सबै सेवा राख्न कोठाको अभाव भएकोले बिभिन्न सामग्रीहरू लिन समस्या भएको कारण बिरामीले दुख पाएको उहाँको भनाई छ ।

हाल जिल्ला अस्पतालमा कोभिड-१९ का बिरामी नरहेको र अझैपनि कोभिडका बिरामी बढ्नसक्ने भएकोले एउटै अस्पतालबाट बिरामीलाई सेवा दिन नसकिएको व्यवस्थापक बुढाथोकीले बताउनुभयो ।

अन्य

भिडियो