INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिका हत्या घटनाका आरोपित मृतकका पति १६ वर्षीय बालक र उनको ४० वर्षीया आमालाई प्रहरीले असार २९ गते घरबाटै गिरफ्तार गरेको छ ।

प्रहरीले असार २३ गते राति छाउगोठमा प्लाष्टिकको डोरीले आत्महत्या गरेको घटना प्रकृति मुचुल्का उठाएको भए पनि घर जहान पक्षले हत्या गरेको भनी माइती पक्षले असार २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर इन्द्रबहादुर सुनारले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

शवको पोष्टमार्टम असार २५ गते दैलेख अस्पतालमा गरिएको डाक्टर जगत थापाले जानकारी दिनुभयो ।

अन्य

भिडियो