INSEC Online

📅 २०८३ जेष्ठ २१

औषधि व्यवसायी माथि गोली प्रहार गरेको आरोपमा गिरफ्तार

मिर्चैया नपा–५ का ४० वर्षीय औषधि व्यवसाय रामसागर साफीलाई गोली प्रहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले मिर्चैया नपा–६ का ४२ वर्षीय सुर्यदेव साफी, सोही ठाउँका २३ वर्षीय रोहित साफी र गोलबजार नपा–११ का ४५ वर्षीय मोहमद हकिम फकिरलाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।

आरोपितहरूले जेठ २२ गते साँझ मिर्चैया बजारमा सिद्दी मेडिकोका सञ्चालक साफीमाथि गोली प्रहार गरेको र अनुसन्धाबाट पीडितका दाजु सुर्यदेवको संलग्नता खुलेकाले जेठ ३१ गते पीडितबाट किटानी जाहेरी लिएर गिरफ्तार गरी अनुसन्धानका लागि म्याद थप गराइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम शर्माले बताउनु भयो ।

बायाँ तिघ्रा र बायाँ कुहिनामा गोली लागी घाइते भएका साफीको मिर्चैया स्थित मङ्गलम अस्पतालमा उपचार भएको डिएसपी शर्माले बताउनु भयो ।

अन्य

भिडियो