३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मायाँदेबी गाउँपालिका–७ का ४७ वर्षीय नन्दलाल कुर्मीलाई जेठ २९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७७ चैत २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले चैत २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । घटना पश्चात फरार रहेका आरोपितलाई घरबाट गिरफ्तार गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २३ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको थियो ।