फिदिम नगरपालिका–६ स्थित साम्दिन–नवमीडाँडा सडक खण्डको शिवामा पार्किङ गरेर राखिएको स्काभेटरमा अज्ञात पक्षले जेठ २७ गते तोडफोड गरेको प्रहरीले जनाएको छ ।
पार्किङमा राखिएको स्काभेटरमा रातको समयमा तोडफोड भएको स्वच्छन्द कन्काइ जेभी कम्पनीका व्यवस्थापक डीबी लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
तोडफोडबाट स्काभेटरको अगाडिको भागमा क्षति पुगेको छ । तोडफोडबाट ४ लाख रुपियाँ बराबरको क्षति भएको लामाले बताउनु भयो ।
घटनाको विषयमा प्रहरी चौकी नवमीडाँडामा जेठ २८ गते निवेदन दिएको व्यवस्थापक लामाले बताउनु भयो ।
स्काभेटरले फिदिम नगरपालिका–२ र फाल्गुनन्द गाउँपालिका–१ जोड्ने साम्दिन–नवमीडाँडा सडक खण्डमा सडक पिच गर्ने काम गरिरहेको थियो ।
घटनामा संलग्नको खोजी भइरहेको प्रहरी चौकी नवमीडाँडाले जनाएको छ ।
