भोजपुर नगरपालिका–१२ टक्सार दाडेगौँडाकी ८४ वर्षीया लक्ष्मीमाया तामाङमालाई कुटपीट गरी घाइते बनाएको आरोपमा प्रहरीले ४४ वर्षीया देउरानी मीना तामाङलाई जेठ १० गते गिरफ्तार गरेको छ ।
देउरानीको कुटाइबाट तामाङको घाँटीको हड्डी तीन ठाउँमा भाँचिएको सवस्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बढाथोकीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
जेठ ९ गते चिरपट दाउरा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी कृष्णकुमार चन्दले बताउनु भयो ।
पीडित पक्षले दिएको सूचनाका आधारमा आरोपितलाई अनुसन्धानका लागि भोजपुर नगरपालिका–१२ टक्सारबाट गिरफ्तार गरेको डिएसपी चन्दले बताउनु भयो ।
आरोपितविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा जेठ ९ गते ज्यान मार्ने उद्योग शीर्षकमा उजुरी दिएको छ । घाइतेको उपचार जेठ ९ गतेदेखि नै जिल्ला अस्पताल भोजपुरमा भइरहेको छ ।