INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लालबन्दी नगरपालिका–२ पुर्नवासकी ३२ वर्षीया उषादेवी कर्णलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले हरिवन बस्दै आएका ३५ वर्षीय पति विजयलाल कर्णलाई वैशाख २७ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा सिलौटाले टाउकोमा प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदँन कुवरले टेलिफोन सम्पर्कमा जानकारी दिनु भएको छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पताल मलङ्गवामा वैशाख २७ गते नै गरिएको छ ।

अन्य

भिडियो