INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड–१९ सङ्क्रमणसम्बन्धी लुम्बिनी प्रदेशको दैनिक अपडेट (वैशाख २१ गते)

कोभिड सङ्क्रणको जोखिम बढ्दै गएपछि लुम्बिनी प्रदेशले प्रदेशमा रहेका चार वटा कोभिड अस्पतालका लागि करारमा दरबन्दी थप गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा वैशाख २१ गते बसेको पहिलो प्रदेश मन्त्री परिषद्को बैठकले कोभिड अस्पतालका लागि आवश्यक ५ सय ८३ जना जनशक्ति थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनु भयो । लुम्बिनी प्रादेशिक अस्पताल कोरोना विशेष अस्थायी अस्पतालका लागि १ सय ८९, भीम अस्पताल भैरहवाका लागि ७१, भेरी अस्पताल नेपालगञ्जका लागि १ सय ५२, राप्ती प्रादेशिक अस्पताल बेलझुन्डी कोरोना विशेष अस्पताल, तुलसीपुरका लागि १ सय ७१ गरी जम्मा ५ सय ८३ करार दरबन्दी स्वीकृत भएको प्रवक्ता चौधरीले बताउनु भयो । प्रदेश मन्त्रिपरिषदको पहिलो बैठकले कोभिड नियन्त्रण कोषमा आर्थिक योजना तथा मामिला मन्त्रालयको तर्फबाट १० करोड रकम जम्मा गर्ने निर्णय भएको समेत मन्त्री चौधरीले बताउनु भयो ।

बाँके जिल्लास्थित नेपालगञ्ज मेडिकल कलेजमा अक्सिजन अभावमा नयाँ बिरामी भर्ना लिन बन्द गरिएको अस्पतालका उप निर्देशक डाक्टर नितेश कनोडियाले बताउनु भयो । उहाँका अनुसार कोभिड सङ्क्रमितको उपचार गर्न ३ सय बेड तयार पारेपनि अक्सिजन अभाव भएकाले १ सय ४० बेड मात्र सञ्चालन रहेका छन् । मेडिकलकलेजमा  अस्पतालमा कपिलवस्तु, दाङ बाँके, बर्दियालगायत कर्णली प्रदेश र सुदुरपश्चिम प्रदेशबाट रिफर भएर आएका बिरामीहरूलाई  भेन्टिलेटरसम्मको उपचार प्रदान गर्दै आएको थियो ।

रोल्पा जिल्ला प्रतिनिधि तिलक सङ्घर्ष मगरका अनुसार कोभिडको जोखिमलाई ध्यानमा राख्दै जिल्ला कोभिड – १९ सङ्कट व्यवस्थापन समितिको वैशाख २० गते बसेको बैठकले वैशाख २२ गते बिहान ६ बजे देखि जेठ महिनाको ५ गते रातिको १२ बजेसम्म निषेध गर्ने निर्णय गरेको छ । नेपाल सरकारले तोकेको सुरक्षाका मापदण्डको पालना गर्ने गरी खाद्यान्न सामाग्रीहरू बिहान ६बजे देखि ९ बजेसम्म र साझ ५ बजे देखि ७ बजेसम्म खोल्न पाइने छ । स्वास्थ्य सामाग्री ,औषधि पसल भने २४ सै घण्टा खुल्ला रहने निर्णय भएको पमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनु भयो ।  अस्पताल आउने–जाने बिरामी कुरुवा,मृत्यु संस्कारमा अनिवार्य  सहभागी हुन पर्ने अवस्थाका लागि जिल्ला प्रशासन कार्यलयाबाट सवारी अनुमती लिनुपर्ने र पत्रकारको हकमा सूचना विभाग वा सम्बन्धित मिडिकाको परिचय पत्रको आधारमा आवत जावत गर्न पाइने छ ।

अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार कोभिड संकट व्यवस्थापन केन्द र सर्वपक्षीय वैठकले जिल्लामा वैशाख २० गते राति १२ बजेदेखि ०७८ वैशाख ३१ गतेसम्म निषेधको आदेश गरेको छ । कोभिडको जोखिमलाई मध्येनजर गर्दै  जिल्ला अस्पतालमा हाल १५ थान अक्सिजन दुई वटा भेन्टिलेटर जोडिएको छ भने १५ थान अक्सिजन व्याकअपमा राखिएको डाक्टर कपिल  गौतमले जानकारी दिनुभयो । यसैगरी सन्धिखर्क नगरपालिकाले अर्को सुचना नहुन्जेल सम्मको लागि सन्धिखर्क नगपालिका र नरपालिकाकाका मातहतका कार्यालयहरू अत्यावश्यक काम बाहेक सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । पाणिनी गाउँपालिकामा पनि कोभड सङ्मणको जोखिम बढ्दै गएपछि पाणिनी गाउँपाालिकाका र मातहतका कार्यालयहरूमा स्वास्थ्य सेवा बाहेक अन्य सबै सेवाहरूका  वैशाख ३१ गते सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार कोभिड सङ्क्रणको जोखिम बढ्दै गएपछि लुम्बिनी प्रदेशले प्रदेशमा रहेका चार वटा कोभिड अस्पतालका लागि करारमा दरबन्दी थप गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा वैशाख २१ गते बसेको पहिलो प्रदेश मन्त्री परिषद्को बैठकले कोभिड अस्पतालका लागि आवश्यक ५ सय ८३ जना जनशक्ति थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनु भयो । प्रदेश सरकारले आइसोलेशन सेवालाई निन्तरता दिने र अस्पतालका जनशक्तिको करार म्याद थप गर्ने निर्णय समेत गरेको छ । लुम्बिनी प्रादेशिक अस्पताल कोरोना विशेष अस्थायी अस्पतालका लागि १ सय ८९, भीम अस्पताल भैरहवाका लागि ७१, भेरी अस्पताल नेपालगञ्जका लागि १ सय ५२, राप्ती प्रादेशिक अस्पताल बेलझुन्डी कोरोना विशेष अस्पताल, तुलसीपुरका लागि १ सय ७१ गरी जम्मा ५ सय ८३ करार दरबन्दी स्वीकृत भएको प्रवक्ता चौधरीले बताउनु भयो । प्रदेश मन्त्रिपरिषदको पहिलो बैठकले कोभिड नियन्त्रण कोषमा आर्थिक योजना तथा मामिला मन्त्रालयको तर्फबाट १० करोड रकम जम्मा गर्ने निर्णय भएको समेत मन्त्री चौधरीले बताउनु भयो । यसैगरी बुटवल उपमनपाले उपमनपाभित्र आइसोलेशनमा रहेका सङ्क्रमितका लागि लक्षित गरेर वैशाख २१ गतेबाट निशुल्क अक्सिजन सेवा सुरूवात गरेको छ । उपमनपाले बनाएको आइसोलेशन, होटल आइसोलेशन तथा होम आइसोलेशनमा रहेका बिरामीहरूलाई श्वास प्रस्वास समस्या भएमा तत्काल अक्सिजनसहित स्वास्थ्यकर्मीको टोलीले सेवा दिने व्यवस्था गरेको मेयर शिवराज सुवेदीले बताउनु भयो । बुटवलका अस्पतालमा आइसियु बेड अभावमा  सङ्क्रमितको मृत्यु भएका कारण उपमनपाले मुलुकमै नौलो कामको सुरूवात गरेको हो । होम आइसोलेशननमा रहेकाहरूको परीक्षण, नियमित स्वास्थ्य निगरानी, योग र आयुर्वेद ओखति वितरण, एम्बुलेन्स तयारी अवस्थामा राखेको र लक्षित समुदायका लागि अक्सिजनको समेत व्यवस्था मिलाइएको छ । नगरमा रहेका दीर्घ रोगीको विवरण सङ्कलन गरेर घरमै अत्यावश्यक औषधि पुर्‍याइरहेको छ । उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन उत्पादक समक्ष छलफल गर्न, अक्सिजन सिलिण्डर सङ्कलन गर्न, रिफिल गर्न उप मेयर  गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो ।  यसैगरी सङ्क्रमितको हौसला बढाउन मेयर उपमेयरसहितको  टोली आयुर्वेद औषधि बोकेर घरदैलो अभियान थालेका छन् । उपमनपाले सङ्मितको  परिवार तथा समुदायमा कन्ट्रयाक ट्रेसिङ गर्ने र लक्षण देखिएकाहरूमने निशुल्क परीक्षणको समेत व्यवस्था मिलाएको छ । १९ वटै वडा, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा र उपमहानगरको स्वास्थ्य शाखामा सूचना दिएपछि उनीहरूको परीक्षण गरिनेछ ।

कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार कृष्णनगर नगरपालिकाका कर्मचारीमा कोभिड पुष्टि भएको छ । सङ्क्रमित  हुनेमा प्रशासन शाखा , प्राबिधिक शाखा , स्वास्थ्य शाखा र लघु उद्यम शीलताका कर्मचारी रहेको छन् । नगरपालिकाले अत्यावश्यक काम बाहेकका सम्पुर्ण कार्य बन्द गरेको नगरपालिकाका काभिड फोकल पर्सन बिष्णु पौडेलले जानकारी बताउनु भयो । यसैगरी बाणगङ्गा नगरपालिकाले पनि अत्यावश्यक काम बाहेक सम्पुर्ण काम वैशाख ३१ गते सम्मकालागि बन्द गरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत बाबुराम भट्टराईले बताउनु भयो ।

प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार  जिल्लाका नौ वटै स्थानिय तहमा पाँच पाँच बेडको  अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । लक्षणसहितका कोभिड सङ्क्रमित बढदै गएपछि जिल्लाका सबै स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निमार्ण गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनु भयो । जिल्लामा अक्सिजनको अभाव हुन नदिनको लागि तयारी पुरा गरिसकेको र प्यूठान नपाकाे बिजुवारमा ५० बेड र स्वर्गद्वारी नगरपालिकाको भिंगृीमा २५ बेडको  आइसोलेशन निमार्ण गरिएको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनु भयो ।

पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार कोभिड सङ्क्रमण समुदाय स्तरसम्म फैलिन थालेपछि जिल्लाका स्थानीय तहहरूले कोभिड अस्पताल निर्माण कार्यलाई तीब्रता दिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये आठ स्थानीय तहहरूले कोभिड अस्पताल निर्माण कार्य सम्पन्न गरि सञ्चालनमा ल्याएका छन् । जिल्लाको बगनासकाली गाउँपालिकामा १० बेडको, रिब्दीकोट गाउँपालिकामा पाँच बेडको,  रैनादेवी छहरा गाउँपालिकामा १० बेडको अस्पताल तयार भइसकेको छ ।  यसैगरी तिनाउँ गाउँपालिकामा १० बेडको,  माथागढी गाउँपालिकामा १५ बेडका, पूर्वखोला गाउँपालिकामा १० बेडको र  रम्भा गाउँपालिकामा पाँच बेडका दुई अस्पताल तयार गरिएका छन् । तानसेन नगरपालिकाले ३० बेडको अस्पताल सञ्चालनमा ल्याएको छ ।

अन्य

भिडियो