बरियारपट्टी गाउँपालिका–३ की ३२ वर्षीया सुनिता देवी यादवको हत्या गरेको कसुर ठहर गर्दै उनका पति ३५ वर्षीय प्रमेश्वर यादवलाई जिल्ला अदालत सिरहाले वैशाख १५ गते जन्म कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मनोज श्रीवास्तवको इजलासले यस्तो फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार जगदिश्वर भट्टराईले बताउनु भयो ।
घरायसी विवादका कारण पत्नीलाई ०७५ जेठ २४ गते खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा जेठ २५ गते उजुरी दिएका थिए । शवको पोष्टमार्टम जिल्ला अस्पताल सिरहमा जेठ २५ गते भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाले घटना पछि फरार रहेका प्रमेश्वरलाई साउन ३० गते प्रहरी कार्यालयमा हाजिर हुन आएको बेला गिरफ्तार गरेकोमा जिल्ला अदालतको भदौ २४ गतेको आदेशले पुर्पक्षका लागि थुनामा रहेका थिए ।