INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले बाहृदशी गाउँपालिका–५ का  ४३ वर्षीय होमनाथ रार्ईलाई तीन वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश नारायणप्रसाद पराजुलीको वैशाख ६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैदसँगै २५ हजार रुपियाँ पीडितले पाउने गरी कसुरदारबाट भराउन आदेश भएको अदालतका श्रेस्तेदार मदनप्रसाद पराजुलीले बताउनु भयो ।

पीडित महिलालाई आरोपितले ०७७ भदौ ९ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ११ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले भदौ ११ गते गिरफ्तार गरी जिल्ला अदालतमा असोज ३ गते बलात्कार प्रयास शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतको असोज ४ गतेको आदेशमा आरोपित पुर्पक्षका लाथि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा भदौ ११ गते गरिएको थियो ।

अन्य

भिडियो