१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले बुद्धभूमि नपा–१ का २३ वर्षीय सुदिप थारूलाई माघ २९ गते पचकैया गाउँबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ २७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले माघ २७ गते इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको इन्स्पेक्टर कृष्ण राना मगरले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २७ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।