यौन दुर्व्यवहार घटनाका फरार कसुरदार बुढीनन्दा नगरपालिका–५ का ३० वर्षीय दीपक शाहीलाई माघ ४ गते जिल्ला प्रहरी कार्यालय, बाजुराले चार वर्षपछि गिरफ्तार गरेको छ ।
यौन दुर्व्यवहार गरेको कसुरमा ०७४ वैशाख ५ गते जिल्ला अदालत, बाजुराले तीन वर्ष कैद सजाएको फैसला सुनाएपछि फरार रहेका कसुरदार शाहीलाई ०७७ माघ ४ गते विशेष सुराकीका आधारमा घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बाजुराका इन्स्पेक्टर लोकेन्द्रसिंह ठगुन्नाले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।
गिरफ्तार गरिएका शाहीलाई माघ ४ गते नै जिल्ला अदालत, बाजुरामा पेश गरेकोमा जिल्ला अदालतले सोही दिन कैद भुक्तानका लागि कारागार चलान गरेको इन्स्पेक्टर ठगुन्नाले बताउनु भयो ।
१५ वर्षीया बालिकालाई ०७२ फागुन १३ गते राति यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले फागुन १४ गते जिल्ला प्रहरी कार्यलय, बाजुरामा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई ०७२ फागुन १४ गते गिरफ्तार गरेकोमा जिल्ला अदालत, बाजुराको ०७२ चैत १ गतेको आदेश अनुसार आरोपित ३० हजार रुपियाँ धरौटीमा रिहा भएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण ०७२ फागनु १४ गते जिल्ला अस्पताल,बाजुरामा गरिएको प्रहरीले जनायो ।