INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका अरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई पुस १६ गते राति बलात्कार गरेको आरोपमा बुढीगंगा नगरपालिका–७ खारेखेतका ४३ वर्षीय भरतराज गिरीलाई पुस १९ गते साँझ प्रहरीले गिरफ्तार गरेको छ ।

घरमा एक्लै भएको मौका छोपी आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका इन्स्पेक्टर बलेन्द्र नाथले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १९ गते जिल्ला अस्पताल, बाजुरामा गरिएको छ ।

अन्य

भिडियो