INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका—४ का २६ वर्षीय यज्ञराज जोशीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, कैलालीमा पुस ७ गते उजुरी दर्ता गराएका छन् ।

युवतीलाई अरोपित जोशीले मङ्सिर १४ गते बलात्कार गरी फरार रहेको भन्दै पीडित पक्षले उजुरी दिएपछि आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो