लाली गाविस-२ की ३३ वर्षीय सिद्ध सार्कीको हत्या गरेको आरोपमा ४६ वर्षीया सासू जाल्की कामी र जाल्कीकी छोरी १८ वर्षीया गेडी सार्कीलाई प्रहरीले पुस १६ गते गिरफ्तार गरेको छ ।
पुस १३ गते राति खाना खाएर घरमा एक्लै सुतिरहेकी सार्कीको लाश पुस १४ गते बिहान फेला परेकोले पुस १५ गते कानुनी कारबाहीको माग गर्दै मृतकका भाइ रुपदन सार्कीले जिल्ला प्रहरी कार्यलय हुम्लामा उजुरी दिएका थिए ।
हुम्ला जिल्लामा ठुलो पर्वका रूपमा मनाउँदै आएको भुवा अर्थात ल्होसारको राति मृतककी आमा र भाइ स्थानीय भुवा ल्होसारको रमाइलो हेर्न सर्किदेउ गाउँ विकास समितिमा गएकोले सार्की घरमा एक्लै भएको बेला हत्या भएको जिल्ला प्रहरी कार्यलय हुम्लाका डिएसपी कमलप्रसाद नेपालले जानकारी दिए ।
पीडित महिलाको के कसरी हत्या भयो यसको घटनास्थलमा पुस १६ गते याडचु प्रहरी चैाकीबाट अनुसन्धान गरी आरोपितद्वयलाई गिरफ्तार गरिएको डिएसपी नेपालले बताए ।
मृतकको शवलाइ पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम सिमकोट पुर्याइएको र के कति कारणले मृत्यु भएको हो ? पोष्टमार्टम प्रतिवेदन नआएसम्म भन्न नसकिने जिल्ला जनस्वस्थ्य कार्यलयका प्रमुख डाक्टर स्मृति महतले बताइन् ।