३४ वर्षीया महिलालाई बलात्कार गरेको अरोपमा प्रहरीले कृष्णनगर नपा–२ स्थित प्युठाने होटल सञ्चालक ४२ वर्षीय गुञ्जबहादुर पाण्डे विरुद्ध कात्तिक १९ गते उजुरी दर्ता गरेको छ ।
पीडितलाई आरोपितले ०७६ पुस १५ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १३ गते इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिनु भएको थियो ।
घटना लगत्तै फरार रहेका आरोपितको खोजी भइरहेको इलाका प्रहरी कार्यालय, कृष्णनगरका इन्स्पेक्टर शुकदेब पौडेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १३ गते शिवराज अस्पत्ताल, बहादुरगञ्जमा गरिएको छ ।