साउथ एसियन्स फर ह्युमन राइट्स (एसएएचआर)को सदस्यमा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेल र महिला अधिकारकर्मी डा. रेणु अधिकारी निर्वाचित हुनु भएको छ ।
दुवै जनाले ८५/८५ मत प्राप्त गरेको एसएएचआरले जनाएको छ । एसएएचआरको ब्युरो सदस्य चयनका लागि कात्तिक १० देखि १२ गतेसम्म अनलाइन भोटिङ भएको थियो ।
श्रीलङ्काका तीन, अफगानिस्तान, भारत, नेपाल र पाकिस्तानका दुई/दुई, बङ्गलादेश र माल्दिभ्सका एक/एक जना गरी १३ जना निर्वाचित भएको एसएएचआरले जनाएको छ । एसएएचआरको सचिवालय श्रीलङ्कामा छ ।