२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका–८ का २१ वर्षीय अर्जुन श्रेष्ठलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले कात्तिक ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ११ गते गरिएको छ ।