१३ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले छत्रदेव गाउँपालिका–२का ५५ वर्षीय शंसुद्दीन मियाँलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले कात्तिक २ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामनारायण गुप्ताले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २ गते जिल्ला अस्पताल, सन्धिखर्कमा गरिएको छ ।