INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सितगङ्गा नपा–७ का २० वर्षीय सरोज आचार्यलाई  असोज १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असोज ११ गते बलात्कार गरेको पीडितले असोज १३ गते इलाका प्रहरी कार्यालय, ठाडामा उजुरी दिएको इलाका प्रहरी कार्यालय, ठाडाका मुद्दा शाखाका प्रहरी हबल्दार भरत केसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  असोज १३ गते जिल्ला अस्पताल, सन्धिखर्कमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो