२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बरियारपट्टी गाउँपालिका–२ का २३ वर्षीय असगर अन्सारीविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा असोज १६ गते उजुरी दिएकी छन् ।
पीडित महिलालाई आरोपितले असोज १० गते बलात्कार गरेको पीडित महिलाले दिएको उजुरीमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी शालिग्राम शर्मा पौडेलले आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज १६ गते गरिएको छ ।