२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले अर्नमा गाउँपालिका–१ का ४६ वर्षीय फरार आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा असोज १६ गते उजुरी दिएको छ ।
पीडित महिलालाई आरोपितले असोज १५ गते बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी हुन् ।
आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको र नाम सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शालिग्राम शर्मा पौडेलले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज १५ गते गरिएको छ ।