१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा—१२ का २८ वर्षीय लवकुश भनिने प्रमेश्वर सदायलाई असोज १२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपित सदायले गत जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा असार १४ गते उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा असार १४ गते भएको थियो । इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्रीका अनुसार घटनापछि आरोपित फरार रहेको थियो । विशेष सुराकीको आधारमा आरोपितलाई घरबाटै गिरफ्तार गरेको डिएसपी क्षेत्रीले बताउनु भयो ।