२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नपा–१५ का २८ वर्षीय दयाराम चौधरीलाई असोज ११ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले विवाह गर्ने प्रलोभनमा ०७६ मङ्सिर १६ गतेदेखि बलात्कार गर्दै आएको र एक महिनाअघि बच्चा जन्मेको पीडित महिलाले बताइन् ।
पीडित महिलाले आरोपितविरुद्ध असोज ११ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको इन्सेक प्रतिनिधिलाई पीडितले बताइन् ।
घटना हद म्याद भित्र आएकाले आरोपितलाई गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा असोज ११ गते गरिएको छ ।