१५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नपा– २ का ३५ वर्षीय गोरखनाथ लोहारलाई असोज ६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ १३ गते बलात्कार प्रयास गरेको भन्दै पीडित क्षले जेठ १४ गते वडा प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिएका थिए ।
घटना पछि फरार रहेका आरोपितलाई महाराजगञ्ज नपा– २ को उनबलिया गाउँबाट गिरफ्तार गरिएको वडा प्रहरी कार्यालय, चन्द्रौटाका इन्स्पेक्टर दिपेश खरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको थियो ।