२२ वर्षीया महिलालाई गत असार १९ गते बलात्कार गरेको आरोपमा बागचौर नगरपालिका–१ कोटबेतका २१ वर्षीय विरबहादुर बिकविरुद्ध असोज ४ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा पीडित पक्षले उजुरी दिएको छ ।
पीडित महिलाका पति रोजगारीको सिलसिलामा भारतमा रहेको र उनी घर फर्किएपछि मात्रै पत्नीले घटनाबारे बताएकालेढीला गरी उजुरी दिइएको पीडितका पतिले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।
प्रहरीमा उजुरी परेको थाहा पाएपछि आरोपित फरार भएकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमाकान्त जोशीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज ३ गते जिल्ला स्वास्थ्य सेवा कर्यालयमा गरिएको सो कार्यालयका प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।