दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–१ का २४ वर्षीय रामप्रसाद भट्टराईलाई भदौ २९ गते कपिलवस्तुबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले भदौ १२ गते गढवा गाउँपालिका–१ धानखोलास्थित होटेलमा बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ १४ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएको र आरोपितलाई गिरफ्तार गरी दाङ ल्याइएको इप्रका गढवाका इन्स्पेक्टर भरतसिंह राठौरले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १२ गते लमही अस्पतालमा गरिएको थियो ।
रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–२ का २० वर्षीय नुर मोहम्मद पठानलाई भदौ २८ गते रोहिणीबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले भदौ २६ गते बलात्कार गरेको भन्दै पीडितले भदौ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी खडकबहादुर खत्रीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २६ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।