INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वार्षीया बालिकालाई भदौ २४ गते बलात्कार गरेको आरोपमा प्रहरीले सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलाली जिल्ला गोदावरी नगरपालिका–२ का ३० वर्षीय बाशुदेव पन्तलाई भदौ २६ गते गिरफ्तार गरेको छ ।

आरोपित अर्जुनले बालिकालाई बलात्कार गरेको र अर्का आरोपित बाशुदेवले करणी गर्नमा सहयोग गरेको भन्दै पीडित पक्षले भदौ २५ गते इलाका प्रहरी कार्यालय, पाटनमा उजुरी दिएपछि आरोपितहरुलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, पाटनका इन्स्पेक्टर गौरीप्रसाद जोशीले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

आरोपितहरुले बालिकालाई मोटर साइकलमा लिएर सिगास गाउँपालिका–९ स्थित बित्थडको जङ्गलमा  लगेर बलात्कार गरेकाले आरोपितविरुद्ध प्रहरीमा उजुरी दिएर बालिकालाई घर लिएर आएको पीडितकी आमाले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

आरोपितहरुलाई गिरफ्तार गरी भदौ २६ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २६ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो