१६ वर्षीया भाञ्जीलाई बलात्कार गरेको कसुरमा अदालतले ४१ वर्षीया मामालाई भदौ २४ गते १६ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ३० हजार रुपियाँ जरिबाना र पीडितले पाउने गरी ५० हजार रुपिया क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
आरोपितले ०७६ जेठ ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई जेठ १४ गते गिरफ्तार गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको ०७७ असार १ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७६ जेठ २० गते गरिएको थियो ।