इलाका प्रहरी कार्यालय पिपराको हिरासतमा कक्षमा रहेका ३८ वर्षीय एक जना चैत २० गते झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालयले उनले आत्महत्या गरेको जनाएको छ ।
१७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १८ गते गिरफ्तार गरेको थियो । मृतकले शौचालयको भन्टिलेशनमा तन्ना प्रयोग गरेर आत्महत्या गरेको इन्स्पेक्टर आयुषप्रसाद जोशीले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय तौलीहवाबाट डिएसपी सुनिल मल्लको नेतृत्वमा आएको टोलीले स्थानीय जनप्रतिनिधि, मानवअधिकारकर्मी,सञ्चारकर्मी,स्थानीय बुद्धिजिवी र मृतकका आफन्तहरू समेतको रोहवरमा पोष्टमार्टमकालागि शव जिल्ला अस्पताल तौलिहवा पठाइएको छ ।
मृतकका आफन्तले प्रहरी हिरासतमा नियोजित तरिकाले हत्या भएको आशङ्का गरेपनि उजुरी कहि दिएका छैनन् । झुण्डिएको आवस्थामा भुई टेकेको भएकोले हत्या भएको हुन सक्ने भन्दै आफन्तले आशङ्का व्यक्त गरेका थिए ।
शवको पोष्टमार्टम चैत २१ गते जिल्ला अस्पताल, तौलिहवामा गरिएको प्रहरीले जनायो ।