दुधपोखरी गाउँपालिका वडा नं ८ निवासी ६६ वर्षीय बेलप्रसाद गुरुङलाई बिचौर इलाका प्रहरीले हिरासतमा कुटपिट गरेर घाइते बनाएपछि उपचारको लागि जिल्ला सामुदायिक अस्पतालमा भर्ना गरिएको छ । पीडितलाई इलाका प्रहरी कार्यलयले चार दिनसम्म कुटपिट गरेको पीडितकी छोरी स्नेह गुरुङले बताउनभयो ।
प्रहरीको कुटपिटबाट शरीर भरि निलडाम भएको उपचारमा संलग्न हाडजोर्नी डाक्टर शरण लिम्बूले बताउनुभयो ।
लिम्बुका अनुसार जिल्ला सामुदायिक अस्पतालमा सिटिस्क्यान नभएकोले काठमाडौ, पोखरा, र चितवन रिफर गरिएको बताउनुभयो । घटना भएको चार दिन पछि ०७६ चैत ४ गते इलाका प्रहरी कार्यालय बिचौरबाट गुरुङलाई जिल्ला प्रहरी कार्यलयमा ल्याइएको डीएसपी रवीन्द्रमान गुरुङले बताउनुभयो ।
प्रहरीले याताना दिएको सन्दर्भमा सोधपुछ गरि प्रहरीलाई विभागीय कारवाही गरिने डीएसपी गुरुङको प्रतिबद्धता छ । घाइतेको अवस्था अहिलेपनि गम्भीर रहेको डाक्टर शरण लिम्बुको भनाइ छ ।
इलाका प्रहरी कार्यालयले ०७६ फागुन ३० गते गुरुङलाई हात हतियार सम्बन्धी र मानिस हराएकोविरुद्धको मुद्दा दर्ता गरेको डीएसपी रवीन्द्रमान गुरुङले बताउनुभयो ।