INSEC Online

📅 २०८३ जेष्ठ २१

वृद्ध हत्या घटनाका आरोपित गिरफ्तार

शिवराज नपा–९ तुरुन्तपुरका ७५ वर्षीय चन्द्रबहादुर जिसीको हत्या गरेको आरोपमा प्रहरीले मृतकका छोरा ३२ वर्षीय बसन्त जिसीलाई फागुन २७ गते गिरफ्तार गरेको छ ।

दुबै जनाबीच फागुन २६ गते सामाजिक सुरक्षा भत्ताको विषयमा विवाद हुदाँ आरोपितको इँटा प्रहारबाट घाइते जिसीको  उपचारको क्रममा सञ्जीवनी अस्पताल, चन्द्रौटामा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका इन्स्पेक्टर दिपेश खरेलले बताउनु भयो ।

मृतककी पत्नी ६९ वर्षीया रुपा जिसीले फागुन २७ गते आरोपित विरूद्ध उजुरी दिनु भएको थियो । शवको पोष्टमार्टम फागुन २६ गते सन्जीवनी अस्पतालमा गरिएको प्रहरीले जनायो ।

 

अन्य

भिडियो