INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या भएको अवस्थामा दम्पतीको शव फेला

फाकफोकथुम गाउँपालिका–५ का ३५ वर्षीय धनबहादुर खपाङ्गी र ३४ वर्षीया रीता खपाङ्गीको फागुन २८ गते रहस्यमय हत्या भएको प्रहरीले जनाएको छ ।

खपाङ्गी दम्पती आफ्नै घरको सिकुवामा रगतपच्छे अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय मंगलबारेका सई भूपेन्द्र ढुङ्गानाले बताउनुभयो ।

खपाङ्गी दम्पतीलाई मृत्त अवस्थामा देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए ।

घटनाको विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

दुई ओटै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल इलाममा राखिएको छ ।

 

 

 

 

 

 

अन्य

भिडियो