INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधिले कुटपिट गरेको भन्दै महिलाद्वारा उजुरी

मोदी गाउँपालिका—३ देउराली  बस्ने ४५ वर्षीय सावित्री सुवेदीले वडा अध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले कुटपिट गरेको भन्दैे जिल्ला प्रशासन कार्यालय पर्वतमा फागुन २० गते उजुरी दिनुभएको छ ।

०७६ माघ १३ गते सडक निर्माण गर्ने क्रममा जग्गा मिचेर डोजर चलाएपछि बाटो नखन्न आग्रह गर्दा वडा अध्यक्ष क्षेत्रीले कुटपिट गरेको सुवेदीको आरोप छ । उहाँले फागुन २० गते जिल्ला प्रशासन कार्यालय पर्वतमा उजुरी दिँदै वडा अध्यक्षको ज्यादती सह्य नभएको गुनासो गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले नेपालले महिलाको उजुरी सम्बन्धी दुबै पक्ष बीच छलफल भएको र स्थलगत रुपमा पुगेर विवाद समाधानका लागि सोही दिन सहायक प्रमुख जिल्ला अधिकारी अमृत शर्माको संयोजकत्वमा तीन सदस्यीय समाधान समिति बनाएको बताउनुभयो ।

यता वडा अध्यक्ष क्षेत्रीले भने कुटपिट कसैलाई नगरेको तर जग्गा मिचेको भन्दै केही व्यक्तिहरु आएपछि उपभोक्ता समिति र जग्गावाला बीच सामान्य झगडा भएको बताउनुभयो ।

 

अन्य

भिडियो