INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित इन्सपेक्टर विरुद्ध इन्सेकको समन्वयमा आयोगमा उजुरी दर्ता

३३ वर्षीया हिमा श्रेष्ठको न्यायका लागि इन्सेक ललितपुरको पहलमा कुटपिट घटनाका आरोपित इन्सपेक्टर देवीप्रसाद पौडेल विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ । श्रेष्ठले ०७६ फागुन १९ गते इन्सेक ललितपुरलाई न्यायका लागि पहल गरिदिन आग्रह गरेपछि इन्सेक ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेको पहलमा फागुन १९ गते राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ ।

आयोगको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण महाशाखाका उपनिर्देशक मञ्जु खतिवडालाई भेटेर उजुरी दर्ता गरिएको हो । उजुरी निवेदन दर्ता नं. १६७० मा रहेको उल्लेख गर्दै उपनिर्देशक खतिवडाले सामाजिक न्याय र मानव अधिकारका लागि इन्सेकले गरेको पहलका लागि आभार प्रकट गर्दै आयोगको क्षेत्राधिकार भित्र रहेर दोषिमाथि कारवाही प्रक्रिया अघि बढाउने बताउनु भयो । उहाँले सञ्चार माध्यममा प्रकाशित, प्रसारित सामाग्रीका आधारमा प्रहरीसँग कुरा भइरहेकोमा इन्सेकको पहलमा पीडितलाई उपस्थित गराएर उजुरी दर्ता भएकोले घटनाको अनुसन्धान र आरोपितलाई कावारहीका साथै पीडितलाई न्याय दिन मद्दत पुग्ने आश्वासन दिनुभयो ।

Photo 20200303 Lalitpir 1

सङ्खुवासभा जिल्ला पाँचखपन नगरपालिका–९, जलजला घर भइ काठमाडौँ जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने श्रेष्ठले १० महिनाको बच्चा पिठ्युँमा च्यापेर र ३३ महिनाको बच्चा डोर्‍याएर हिँडिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग बुंगमती, भैसपाटीका इन्सपेक्टर पौडेलले २०७६ फागुन १५ गते दिउँसो श्रेष्ठमाथि दुव्र्यवहारका साथै लाठी प्रहार गरी कुटपिट गरेको आरोप छ । महिलामाथि दुव्र्यवहार गरेको आरोपमा महानगरीय प्रहरी परिसरका एसपी दुर्गा सिंहको संयोजकत्वमा छानविन समिति गठन भएको छ भने समितिले फागुन २० गते साँझसम्ममा प्रतिवेदन बुझाउनु पर्ने समयसीमा तोकिएको परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताउनु भयो ।

पीडित श्रेष्ठ र रुपा घिसिङलाई ललितपुर महानगरपालिका–२५, भैँसेपाटीस्थित पूर्व जर्नेल हेम खत्री बिरामी भएकोले भेट्न उनको घरमा जान माला साहले बोलाएर गएको श्रेष्ठले बताउनु भयो । उनीहरूले अभद्र व्यवहार तथा हुल उज्जत गरेको आरोपमा प्रहरीले लाठी प्रहार गरेको प्रहरीको भनाइ छ ।

 

अन्य

भिडियो