३१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा अदालतले गौरादह नगरपालिका–१ का ४० वर्षीय अमृत्त कार्कीलाई माघ ९ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश विश्वनाथ भट्टराईको इजलासले कसुर ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
आरोपितले ०७६ असार ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध असार ८ गते इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको साउन ५ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा असार ८ गते गरिएको थियो ।