मुसीकोट नगरपालिका–४ रुकुम पश्चिमकी ५० वर्षीया मङ्गली गिरीलाई माघ २२ गते खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा मुसिकोट नगरपालिका–११ रुकुम पश्चिमका ३९ वर्षीय ज्वाइँ नवराज पुनलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
ससुरालीमै गएर सासूलाई खुर्पा प्रहार गरी कुटपिट गरेको भन्दै प्रहरीले आरोपितलाई माघ २३ गते ससुरालीबाटै गिरफ्तार गरेको प्रहरीले जनाएको हो ।
ज्वाइँको आक्रमणबाट मङ्गलीको टाउकोमा चोट लागेको र सात ओटा टाँका लगाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले जानकारी दिनुभयो ।
घाइते मङ्गलीको उपचार जिल्ला अस्पताल सल्लेमा भइरहेको पनि डिएसपी केसीले बताउनुभयो ।
पुनमाथि रुकुम जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
पुनले यसअघि पत्नीलाई पनि पटकपटक कुटपिट गर्ने गरेको र उक्त पीडा सहन नसकी माइतीमा गएर बसेपछि त्यहि रिसले सासूमाथि आक्रमण गरेको पीडित पक्षको भनाइ छ ।