INSEC Online

📅 २०८३ जेष्ठ २२

बन्धक बनाइएकी युवतीको प्रहरीको सहयोगमा उद्दार

नवराजपुर गाउपालिका–१ निवासी बन्धक बनाइएकी २१ वर्षीया युवतीलाई प्रहरीको सहयोगमा माघ २० गते उद्दार गरिएको छ ।

आफ्नै घरमा परिवारजनबाट बन्धक बनाइएकी मम्ता कुमारी साहलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारको सहयोगमा उद्दार गरिएको हो ।

उद्दार गरीएकी युवतीका अनुसार आफुले अन्तरजातीय विवाह गर्न लागेकोले बुवा अजय साह र काका सञ्जय साहले घरमा राति साङ्लोले बाँधेर राखेको थियो । परिवारको निगरानीमा माघ १६ गते देखि बन्धक बनाई कुटपिट गरेर राखेको पीडित युवतीले बताउनु भयो ।

पीडित मम्ताका काका संजय साहका अनुसार भतिजीले विवाहित केटासँग विवाह गर्न खोजेकोले सम्झाएर मात्रै घरमा राखेको कुटपिट तथा यातना नदिएको बताउनु भएको छ ।

स्थानीयको सुचनाको आधारमा अधिकारकर्मीको सहयोगमा पीडित युवतीलाई उद्दार गरी जिल्ला प्रहरी कार्यालयको सुरक्षा बासमा पठाएको इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्सपेक्टर अरबिन्द कुमार साहले बताउनु भएको छ ।

अन्य

भिडियो