INSEC Online

📅 २०८३ जेष्ठ २१

अदालत परिसरबाटै प्रतिबन्धित नेकपाका चारजना कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपामा चारजना कार्यकर्तालाई  प्रहरी गिरफ्तार गरेको छ । नख्खु कारागारबाट रिहा भएलगत्तै चारै जनालाई प्रहरीले अदालत परिसरबाट माघ १९ गते गिरफ्तार गरेको प्रहरीले बताएको छ ।

काठमाडौ जिल्ला, नागार्जुन नगरपालिका, रामकोटका ५१ वर्षीय माइला लामालाई २०७६ माघ १९ गते प्रहरीले गिरफ्तार गरेको हो । त्यसै गरी कालिकोट जिल्ला घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभुमा अस्थायी बसोबास गर्ने ४३ वर्षीय नविन विश्वकर्मा ‘हितमान’ लाई पनि प्रहरीले माघ १९ गते गिरफ्तार गर्याे  । उनलाई २०७६ असोज ६ गते गिरफ्तार गरी नख्खु कारागारमा राखिएको थियो । २०७६ वैशाख २ गते जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भई गिरफ्तार  गरिएको थियो । त्यसै गरी कालिकोट जिल्ला घर भई अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को महासचिव ४१ वर्षीया धिरेन्द्राकुमारी उपाध्याय (भृकुटी) लाई पनि माघ १९ गते नै प्रहरीले गिरफ्तार गर्याे । उपाध्यय संविधानसभा पूर्व सभासद हुन । त्यसै गरी बाग्लुङ जिल्ला घर भइ पशुपति फुड्सको मजदुर संगठनका अध्यक्ष रहेका ३४ वर्षीय ईश्वर परियारलाई पनि माघ १९ गते नै प्रहरीले गिरफ्तार गरेको छ ।

उनीहरुमाथि ललितपुरको नख्खु विष्फोट प्रकरणमा मुद्दा चलाइएको थियो । सुनसरी जिल्लामा उनीहरुको नाममा हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा रहेकाले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर, जावलाखेल, ललितपुरका प्रमुख एवम् एसएसपी टेकप्रसाद राईले बताउनुभयाे । प्रहरीले लामासहितका चारै जनालाई माघ २० गते नै सुनसरी पठाएको छ ।

पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले उनीहरुलाई छोड्न आदेश दिएको थियो । मुख्य न्यायाधीश सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले माघ १६ गते छाड्न आदेश दिएको थियो ।

अन्य

भिडियो