INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयासको घटनामा बयान बदलेको आरोपमा पाँच हजार रुपियाँ जरिबाना

१८ वर्षीया किशोरीले बलात्कार प्रयास भएको भन्दै प्रहरीमार्फत अदालत पु¥याएको एक घटनामा बयान बदलेको आरोपमा जिल्ला अदालत रुकुम (पश्चिम) ले निवेदक उपर पाँच हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले माघ १६ गते उक्त फैसला सुनाएको हो । अदालतले बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ स्थायी घर भएका २८ वर्षीय आशाराम चौधरीलाई सफाई दिँदै निवेदकमाथि जरिबानाको फैसला सुनाएको हो ।

विवाह गर्ने प्रलोभनमा पारी ललाई फकाई ०७६ भदौ ४ गते म्याग्दी लगेर बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले ०७६ भदौ ३० गते जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) मा उजुरी दिएका थिए ।

आरोपतिलाई मौखिक उजुरीको आधारमा म्याग्दी प्रहरीको सहयोगमा भदौ २५ गते गिरफ्तार गरिएको थियो । ०७६ असोज ८ गते अदालतमा मुद्दा दर्ता गरेकोमा अदालतमा बयान फेरेर आफूलाई केही नगरेको, पीडितले आफू आशाराम थारुसँगै विवाह गर्ने, आशाराम थारु आफ्नो लागि उपयुक्त मान्छे भएको भन्दै बयान फेरेपछि अभियोग दावी नपुग्ने ठहर गर्दै उक्त जरिबानासहितको सजाय तोकिएको रुकुम जिल्ला अदालतका श्रेष्तेदार शिवहरी सुवेदीले बताउनुभयो ।

किशोरीको स्वास्थ्य परीक्षण भदौ २७ गते जिल्ला अस्पताल रुकुम (पश्चिम) मा भएको थियो ।

अन्य

भिडियो